स्पेन फिफा विश्वकपको उपाधि नजिक पुगेको छ । आज भएको सेमिफाइनल खेलमा साविक उपविजेता फ्रान्सलाई स्तब्ध पार्दै युरो विजेता स्पेन विश्वकपको फाइनलमा पुगेको हो । आज भएको पहिलो सेमिफाइलमा स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले पराजित गरेको हो । >
स्पेनले १६ वर्षपछि विश्वकपको फाइनल यात्रा सुनिश्चित गरेको स्पेनले अब अर्जेन्टिना र इंगल्यान्डबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । स्पेनले यसअघि सन् २०१० को संस्करणमा विश्वकपको उपाधि उचालेको थियो स्पेनको जितमा मिकेल ओर्याजबल र पेड्रो पोरोले गोल गरे । खेलको २१ औँ मिनेटमा फ्रान्सका लुकास डिग्नेले पेनाल्टी एरियामा लेमिन यामललाई फाउल गरेका थिए । त्यसपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो । उक्त मौकाको सदुपयोग गर्दै ओर्याजबलले स्पेनलाई सुरुवाती अग्रता दिलाए । >
खेलको ५८ औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दे अग्रता दोब्बर बनाए । स्पेनसँग हारसँगै फ्रान्सले लगातार तेस्रोपटक फाइनल पुग्ने राष्ट्रको रूपमा रेकर्ड बनाउन असफल भयो । प्रतियोगिताभर फ्रान्स पहिलोपटक गोलविहीन बन्यो । >>