>
साउन २३, हेटौंडा >
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर अन्तर्गत हेटौंडा उपमहानगरपालिका–६ को विस्तारित बैठक तथा भेलाले २१ सदस्यीय वडा कार्यसमिति शनिवार पुनर्गठन गरेको छ। भेलाले पिताम्बर दुलालको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको हो।>
भेलामा वडा नं. ६ राप्रपाका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। रबि चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय सदस्य रामहरि न्यौपानेको उपस्थिति रहेको थियो। कार्यक्रममा शिवराम आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए।>
कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारमा जोड दिँदै नवगठित कार्यसमितिलाई सक्रियतापूर्वक अघि बढ्न आग्रह गरे। भेलाले आगामी दिनमा वडा तहमा पार्टी गतिविधि अझ प्रभावकारी बनाइ सकृय सदस्य सख्या वृद्धि गर्ने लक्ष्य रहेको बताएको छ ।>>