>
कार्तिक १३, हेटौंडा >
बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशीदेखि लुम्बिनीसम्मका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा ठूलो वर्षा र हिमपातको सम्भावना छ।>
भोलि बेलुकादेखि मौसम प्रणाली कमजोर हुँदै जाने र आइतवारदेखि मौसममा क्रमशः सुधार हुने अनुमान गरिएको छ।>
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरी, चट्याङ, बाढीपहिरो र हिमपातको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।>>