मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

स्थानीय समाचार २३ भाद्र २०८३, मङ्गलबार

बालसुधार गृहका ७२ किशोरलाई मनोसामाजिक स्वास्थ्य तथा आत्महेरचाबारे सचेतना

Nigarani Online

हेटौँडा–११, थानाभ¥याङस्थित बालसुधार गृहमा रहेका किशोरहरूका लागि मनोसामाजिक सचेतना तथा आत्महेरचाहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक, मानव अधिकार रक्षक सञ्जाल बागमती प्रदेश र सुनौलो शिक्षा नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बालसुधार गृहमा रहेका ७२ जना किशोरलाई मनोसामाजिक स्वास्थ्य, आत्महेरचाह तथा सकारात्मक सोचका विषयमा सचेतना प्रदान गरिएको हो । कार्यक्रममा सुनौलो शिक्षा नेपालका अध्यक्ष तथा मनोसामाजिक परामर्शकर्ता आशिष दुलालले आत्महेरचाह, प्रेरणादायी सोच तथा मनोसामाजिक स्वास्थ्यलगायत विषयमा प्रशिक्षण तथा परामर्श दिनुभएको थियो । सहभागी किशोरलाई तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास तथा दैनिक जीवनमा मानसिक स्वास्थ्यको महत्वबारे समेत जानकारी गराइएको थियो ।

बालसुधार गृहका प्रमुख प्रदीप गौतमले सुधार गृहमा रहेका बालकका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले किशोरहरूको मानसिक तथा भावनात्मक विकासमा मनोसामाजिक सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार