मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

१३ भाद्र २०८३, शनिबार

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा सरकारको सक्रियताप्रति नेपाल विवेकशील पार्टीको धन्यवाद

Nigarani Online

 रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल विवेकशील पार्टीले गहिरो दुःख व्यक्त गर्दै प्रभावितको उद्धार तथा राहतमा सरकारले देखाएको सक्रियताको स्वागत गरेको छ।

पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बाढीपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै राहत उपलब्ध गराउन देखाएको सक्रियताप्रति पार्टीले धन्यवाद ज्ञापन गरेको हो।

पार्टीले वास्तविक पीडितको पहिचान गरी खाद्यान्न, आवास, स्वास्थ्य उपचार तथा आवश्यक सामग्री तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। साथै, बाढीबाट भएको क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी सडक, पुल, विद्युत्, खानेपानीलगायत भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि समेत आवश्यक योजना तत्काल अघि बढाउन पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।

नेपाल विवेकशील पार्टीले भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली, जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने जनाएको छ।

विपद्को समयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सरकार, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पार्टीले मानवीय उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि आफू प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार