कात्तिक १२, हेटौंडा उच्च शिक्षाको विकास र प्रदेश विश्वविद्यालयहरूको प्रभावकारिता बढाउने विषयमा छलफल गर्न बागमती प्रदेशको राजधानी हेटौंडामा सातै प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्रीहरू र प्रदेश विश्वविद्यालयका प्रतिनिधिहरूको सम्मेलन सुरु भएको छ।>
दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरेका हुन्। बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर विशिष्ट अतिथिका रूपमा सहभागी छन्।>
सम्मेलनमा सातै प्रदेशका मन्त्री तथा प्रतिनिधि, विश्वविद्यालयका उपकुलपति, कुलपति, रजिस्ट्रार, सरकारी अधिकारी र शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ।>
सम्मेलनको पहिलो दिन प्रदेशहरूमा शिक्षा क्षेत्रमा भएका प्रगति, असल अभ्यास र विद्यमान समस्याबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ। साथै, संघीयता कार्यान्वयनका क्रममा देखिएका शैक्षिक चुनौती, संघ–प्रदेश समन्वय र प्रदेश विश्वविद्यालयहरूको संस्थागत विकासका विषयमा छलफल भइरहेको छ।>
>
उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक स्रोत तथा अनुभवको आदानप्रदान र प्रदेशहरूबीच सहकार्यका नयाँ सम्भावना खोज्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। >>