मुख्य समाचार
बागमती प्रदेश सरकारले सुरक्षा निकायहरूलाई अत्याधुनिक उद्धार सामग्री हस्तान्तरण | सार्वजनिक यातायातका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ | सरकारी अस्पतालमा ट्रमा सेवा विस्तार गर्न प्रदेश सरकारको प्रतिबद्धता | वंशगोपाल माविमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न | स्पेन र बेल्जियमबिच दाेस्राे क्वार्टरफाइनलमा आज भिडन्त हुँदै | सरकारको नीतिप्रति यातायात व्यवसायीहरूकाे असन्तुष्टि | सडक मानवमुक्त बागमती: घोषणाको उत्साह, दिगोपनको चुनौती | जुनियर सिजन वान' को फाइनल राउन्डमा प्रगति माविकी छात्रा अप्सना थिङ | बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो | मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा |

बागमती प्रदेश सरकारले सुरक्षा निकायहरूलाई अत्याधुनिक उद्धार सामग्री हस्तान्तरण

Nigarani Online

बागमती प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारीलाई तीव्र पार्दै सुरक्षा निकायहरूलाई अत्याधुनिक उद्धार सामग्री हस्तान्तरण गरेको छ। शनिबार आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले तीनवटै सुरक्षा निकायलाई करिब २ करोड ७५ लाख रुपैयाँ बराबरको विपद् प्रतिकार्य सामग्री उपलब्ध गराउनुभएको हो।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा प्राप्त भएका यी सामग्रीहरूमा अत्याधुनिक ड्रोनदेखि वाटर रेस्क्यु इक्युपमेन्ट (जल उद्धार उपकरण) सम्म रहेका छन्।प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा प्रदेशले नेपाली सेनाकालागि ७५ लाख ६२ हजार २९९, प्रहरीका लागि ५४ लाख ६६ हजार ४८८ र सशस्त्र प्रहरीलाई १ करोड १६ लाख ८३ हजार ५२२ रुपैयाँ बराबरको विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो । जसमा अत्याधुनिक ड्रोनदेखि वाटर रेस्क्यु इक्युपमेन्टलगायतका सामग्री रहेका छन् ।

मनसुन सक्रिय भएसँगै बाढीपहिरो, डुबान तथा सडक अवरोधको जोखिम अनुमान गर्दै प्रदेश सरकारले विपद् पूर्वतयारीलाई तिव्रता दिएको छ । विगतका विपद्बाट प्राप्त अनुभवलाई आधार बनाएर सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणाली सुदृढीकरण र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउने तयारी अनुसार मुख्यमन्त्री बानियाँले सुरक्षा निकायसँग छलफल पनि गरेका छन् । जोखिम बढी भएका स्थान पहिचान गरी त्यहाँ आवश्यक स्रोत–साधन, जनशक्ति र उद्धार सामग्री अग्रीम रुपमा व्यवस्थापन गर्ने रणनीति अपनाइएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार