मुख्य समाचार
नदी, खोला तथा खोल्सामा पौडी खेल्न र अनावश्यक नजान आग्रह | बाघझोरा पुलको बजेटमा श्रेय लिन खोजिएको भन्दै आपत्ति | विश्वकपमा इंग्ल्याण्डको शानदार जित, फ्रान्सलाई हराउँदै तेस्रो स्थान कब्जा | नवजीवन ज्योति क्लबको नवनिर्मित भवन उद्घाटन | बागमती गाउँपालिकाका शिक्षकलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन | बागमती गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा | मकवानपुरबाट सरकारलाई 'रोम विधान' अनुमोदनको दबाब | सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न हेटौंडा–९ वडाको सूचना | नेपाल शिक्षक महासंघद्वारा चलचित्र ‘मास्टर्नी’को गीतप्रति आपत्ति, तुरुन्त रोक्न माग | साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदै |

नदी, खोला तथा खोल्सामा पौडी खेल्न र अनावश्यक नजान आग्रह

Nigarani Online

जिल्ला प्रशासन कार्यालय मकवानपुरले नदी, खोला तथा खोल्सामा पौडी खेल्न, नुहाउन वा किनारमा अनावश्यक रूपमा नजान तथा बालबालिकालाई पनि त्यस्ता स्थानमा जान नदिन  आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना प्रकाशन गर्दै यस्तो आग्रह गरेको हो । सूचनामा सडक अवरुद्ध वा जोखिमपूर्ण अवस्था सृजना भएमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको निर्देशन पालना गरी सुरक्षित स्थानमा बस्न, पानी बगिरहेको सडक, पुल वा डुबान भएको स्थान पार गर्ने प्रयास नगर्न आग्रह गरिएको छ । पौडी खेल्नेक्रममा शनिबार हेटौँडा ६ चौघडामा एक बालकको डुबेर ज्यान गएको थियो । 

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा देशभर मनसुनी वर्षा सक्रिय रहेको तथा जल तथा मौसम विज्ञान विभागबाट जारी पूर्वानुमानअनुसार बागमती प्रदेशसहित मकवानपुर जिल्ला र आसपासका क्षेत्रमा भारीदेखि अतिभारी वर्षा भई बाढी, पहिरो, सडक कटान, डुबान तथा गेग्रान बहावको उच्च जोखिम रहेको उल्लेख गरिएको छ । 

सम्भावित विपद्बाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रशासनले मकवानपुर–काठमाडौँ, मकवानपुर–चितवन, मकवानपुर–ललितपुर तथा मकवानपुर–सिन्धुली सडकमार्ग प्रयोग गर्ने सम्पूर्ण यात्रु, सवारी चालक, यातायात व्यवसायी तथा सर्वसाधारणका लागि ट्राभल एडभाइजरी जारी गरेको हो ।

लामो दूरीको यात्रा सुरु गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्र्दै प्रशासनले आपतकालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, ट्राफिक प्रहरीको १०३, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (विपद्)को १२३४ र एम्बुलेन्सको लागि १०२ नम्बरमा खबर गर्न पनि आग्रह गरेको छ ।

अफवाह वा अपुष्ट सूचनामा विश्वास नगरी जिल्ला प्रशासन कार्यालय, मकवानपुर बथा सम्बन्धित सुरक्षा निकायबाट जारी आधिकारिक सूचनाको मात्र पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार