मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

राष्ट्रिय समाचार १६ भाद्र २०८३, मङ्गलबार

रसुवाका बाढीपीडितलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, मकवानपुरमहासंघ मकवानपुरको ३ लाख सहयोग

Nigarani Online

 भाद्र १६, हेटौंडा 

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, मकवानपुर शाखाले रसुवाका बाढीपीडितका लागि रु. ३ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। हेटौंडामा आयोजित एक कार्यक्रममार्फत महासंघले बाढी प्रभावित परिवारको राहत तथा उद्धारका  लागि उक्त रकम उपलब्ध गराउने निर्णय सार्वजनिक गरेको हो।

महासंघ मकवानपुर शाखाका अध्यक्ष नवराज घलानले विपद्को कठिन समयमा पीडित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहायता गर्ने निर्णय गरिएको बताए। उनका अनुसार उक्त रकम बाढीबाट अति प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा तथा अन्य राहत सामग्री वितरणमा प्रयोग गरिनेछ।

अध्यक्ष घलानले प्राकृतिक विपद्का बेला जात, धर्म, लिङ्ग र समुदायभन्दा माथि उठेर मानवीय सेवामा जुट्नु सबैको साझा दायित्व भएको उल्लेख गरे। सानो सहयोगले पनि विपद्मा परेका नागरिकलाई ठूलो राहत पुग्ने उनको भनाइ छ।

रसुवामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न सरकारी तथा गैरसरकारी निकायले उद्धार, राहत र पुनःस्थापनाका कार्य अघि बढाइरहेका छन्। यसै क्रममा महासंघ मकवानपुर शाखाले पनि सहयोगको हात अघि बढाएको हो।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल केन्द्रीय कार्यालयले मातहतका मण्डली तथा धार्मिक–सामाजिक संस्थाहरूलाई विपद् प्रभावित क्षेत्रमा आर्थिक तथा राहत सामग्री सहयोग गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार मकवानपुर शाखाले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष घलानले जानकारी दिए।

महासंघले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार विपद् प्रभावित नागरिकका लागि राहत, समन्वय तथा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार