मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

बागमती प्रदेश २९ श्रावण २०८३, शुक्रबार

भदौं १ गते बागमती प्रदेशसभामा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने

Nigarani Online

साउन २९, हेटौँडा

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौं १ गते सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेका हुन्। यसका लागि भदौं १ गते दिउँसो १ बजे प्रदेशसभा बैठक राखी विश्वासको मत लिने व्यवस्था मिलाउन मुख्यमन्त्री बानियाँले शुक्रबार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका छन्।

एमालेले समर्थन फिर्ता लिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको राजनीतिक विश्लेषण भइरहेको छ। यस्तो अवस्थामा मुख्यमन्त्री बानियाँले प्रदेशसभामा बहुमत सिद्ध गर्नुपर्ने संवैधानिक दायित्वअनुसार विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभामा हुने मतदानले बागमती प्रदेश सरकारको आगामी राजनीतिक दिशासमेत तय गर्ने भएकाले यसलाई महत्वपूर्ण रूपमा हेरिएको छ। अहिले सरकारको पक्षमा आवश्यक बहुमत जुट्ने वा नजुट्ने विषयमा विभिन्न राजनीतिक दलहरूबीच छलफल तीव्र बनेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार