मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

राष्ट्रिय समाचार ७ असोज २०८३, बुधवार

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा सवारी आवागमनमा समयसीमा

Nigarani Online

हेटौंडा, असोज ७

लगातारको भारी वर्षा तथा बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका प्रमुख सडक तथा राजमार्गमा सवारी आवागमनका लागि समयसीमा निर्धारण गरेको छ।

नेपाल मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म तीन दिन हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सडक तथा राजमार्गमा बाढी र पहिरोको जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र चौघडाबाट काठमाडौंर्फ सवारीसाधन प्रस्थान गर्न दिइनेछ।

त्यस्तै, भैंसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं जाने सडकखण्डमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र हेटौंडास्थित चौकीटोलबाट काठमाडौंर्फ तथा फाखेलस्थित हुमाने र सिस्नेरीस्थित रामचन्द्रभञ्ज्याङबाट हेटौंडातर्फ सवारीसाधन सञ्चालन गर्न दिइने सूचनामा उल्लेख छ।

उल्लेखित सडक तथा राजमार्गमा बेलुका ७ बजेपछि रातिको समयमा सवारी आवागमनमा पूर्ण रोक लगाइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

प्रशासनले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि तोकिएको समयअनुसार मात्र सवारीसाधन सञ्चालन तथा यात्रा गर्न सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार