>
असोज १०, हेटौंडा >
अंग्रेजी भाषा शिक्षकहरूको संगठन नेल्टा मकवानपुरको १३ औ जिल्ला सम्मेलन शनिबार हेटौंडामा सम्पन्न भएको छ ।>
नेल्टा मकवानपुरका अध्यक्ष उत्तम अर्यालको अध्यक्षता तथा नेल्टा बागमती प्रदेशका उपाध्यक्ष किशोर पराजुलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेल्टाका बागमती प्रदेश पूर्व अध्यक्ष गणेश हुमगाई, महासचिव संगम चौलागाई, कोषाध्यक्ष सृजना पौडेल, रमेश प्रसाद लामिछानेको उपस्थिति रहेको थियो । >
सम्मेलनमा डा लोकराज शर्मा र किशोर पराजुलीले विभिन्न शीर्षकमा प्रस्तुति गर्नुभएको थियो । >
सम्मेलनले संजय कुमार बस्नेतको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितको उपाध्यक्षमा सुरेश रेग्मी सचिबमा दीपक अधिकारी सह सचिब सरस्वती अधिकारी, कोषाध्यक्षमा मालती पोखरेल र सदस्यहरूमा पूण्यशीला श्रेष्ठ, छविलाल विक, राम प्रसाद सापकोटा, सबिना गिरी, जमुना थापा, कविता लामा, पूर्ण ब्लोन र ईना बर्तौला चयन हुनुभएको छ । >
कार्यक्रममा जिल्लाका अंग्रेजी भाषा शिक्षकहरूको उपस्थिति रहेको थियो । >
>>