असार ३२, हेटौंडा >
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्याण्डलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। >
खेलको दोस्रो हाफमा इङ्ग्ल्याण्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो। तर खेलको अन्तिम समयमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन खेल आफ्नो पक्षमा पार्न सफल भयेा>
अर्जेन्टिनाका लागि ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गरे भने इन्जुरी समय (९०+२) मा लाउतारो मार्टिनेजले निर्णायक गोल गर्दै जित सुनिश्चित गरे। >
यो खेल निकै प्रतिस्पर्धात्मक र तनावपूर्ण बनेको थियो, जहाँ दुवै टोलीले कडा प्रदर्शन गरेका थिए। अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्नेछ ।>