असार २९, हेटौंडा>
मकवानपुरको हेटौँडा–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले १२ चक्के ट्रक बगाएको छ। आज बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्टबाट ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ना७ख ७६५ नम्बरको आइचर ट्रक बाढीमा परेको हो।>
प्रहरीका अनुसार ह्युम पाइप राखेर बनाइएको कल्भर्ट पार गर्ने क्रममा अचानक पानीको बहाव बढ्दा ट्रक बगेको हो। ट्रक चालक चितवनका ३४ वर्षीय दीपक थिङ भने समयमै बाहिर निस्किएर पौडँदै सकुशल ज्यान जोगाउन सफल भएका छन्।>>