>
हेटौंडा, असार १२ — मकवानपुरको तासिर इङ्ग्लिस सेकेन्डरी स्कुलले अमेरिकी दूतावास काठमाडौंको क्षेत्रीय अंग्रेजी भाषा कार्यालय (RELO) सँगको सहकार्यमा शनिबार गेमिफिकेशन एन्ड क्लासरुम म्यानेजमेन्ट विषयक निःशुल्क कार्यशाला आयोजना गर्ने भएको छ।>
शनिबार बिहान ८ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने कार्यशालामा मकवानपुरका सामुदायिक तथा संस्थागत विद्यालयका अंग्रेजी शिक्षकहरूको सहभागिता रहनेछ।>
कार्यशालामा अमेरिकन इङ्ग्लिस ल्याङ्ग्वेज फेलो फराह लिटलपेज (अमेरिका) र RELO प्रशिक्षक विवश जंग थापाले सहजीकरण गर्नेछन्। कार्यशालामा कक्षाकोठामा प्रयोग गर्न सकिने खेल विधि, प्रभावकारी कक्षा व्यवस्थापन, विद्यार्थी सहभागिता अभिवृद्धि तथा व्यवहारिक शिक्षण विधि सम्बन्धी सहजीकरण गरिनेछ ।>
आयोजक विद्यालयका अनुसार सहभागी सबै शिक्षकलाई निःशुल्क प्रशिक्षण सामग्री उपलब्ध गराइनेछ भने कार्यशाला पश्चात प्रमाणपत्र समेत प्रदान गरिनेछ। कार्यशाला पूर्ण रूपमा व्यवहारिक हुने भएकाले शिक्षकहरूले सिकेका विषयवस्तु कक्षाकोठामै प्रयोग गर्न सक्ने गरी अभ्यास गराइने आयोजकले जनाएको छ।>
यस्ता कार्यक्रमले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्नुका साथै विद्यार्थीकेन्द्रित र प्रभावकारी शिक्षण सिकाइमा टेवा पुग्ने आयोजक विद्यालयले जनाएको छ । >
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन