जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाग्राहीको चाप बढेकाले सार्वजनिक बिदाको दिन समेत सेवा सञ्चालन गर्ने भएको छ।>
कार्यालयले जारी गरेको सूचनाअनुसार मिति २०८३ श्रावण ९ र १० गते शुक्रबार र शनिबार बिहान ७:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म राष्ट्रिय परिचयपत्र शाखा खुला रहने छ।>
पछिल्लो समय राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने, तयार भएको कार्ड लिन र विवरण संशोधन गर्न आउने सेवाग्राहीको संख्या बढ्दै गएपछि चाप कम गर्न र सहज सेवा उपलब्ध गराउन यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ।>
प्रशासनले उक्त दुई दिन राष्ट्रिय परिचयपत्रको विवरण दर्ता, कार्ड वितरण र विवरण संशोधन लगायतका सबै सेवा प्रवाह हुने भएकाले सम्बन्धित सबैलाई जानकारी गराएको छ।>
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले हस्ताक्षर गर्नुभएको सूचनामा सेवाग्राहीलाई तोकिएको समयमा नै कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । >>