सिन्धुपाल्चोकबाट बसाइँसराइ गरी मकवानपुर जिल्लामा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका नागरिकलाई एकै छानामुनि जोड्ने उद्देश्यका साथ सिन्धुसमाज मकवानपुरले हेटौँडा–९ सिमेन्टरोडमा जिल्ला कार्यसमिति सम्पर्क कार्यालय स्थापना गरेको छ।>
समाजले जिल्लामा रहेका सिन्धुपाल्चोकवासीबीच आपसी एकता, सहकार्य, सामाजिक सद्भाव तथा सुख–दुःखमा साथ दिने उद्देश्यले कार्यालय स्थापना गरिएको जनाएको छ। समाजले मकवानपुरमा बसोबास गर्ने सम्पूर्ण सिन्धुपाल्चोकवासीलाई आफ्नो विवरण अभिलेखीकरण गर्न तथा समाजसँग आबद्ध हुन आग्रह गरेको छ।>
यसका लागि सम्बन्धित व्यक्तिहरूले आफ्नो नाम, हालको ठेगाना र सम्पर्क नम्बर सहित सिन्धुसमाज मकवानपुरको सम्पर्क कार्यालय वा पदाधिकारीसँग सम्पर्क गर्न अनुरोध गरिएको छ। यसबाट जिल्लामा रहेका सिन्धुपाल्चोकवासीको तथ्याङ्क संकलन, समन्वय तथा आवश्यक परेका बेला सूचना आदानप्रदान र सहयोग गर्न सहज हुने समाजको विश्वास छ।>
सिन्धुसमाज मकवानपुरले सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिलाई थप प्रभावकारी बनाउँदै जिल्लामा रहेका सम्पूर्ण सिन्धुपाल्चोकवासीलाई एकताबद्ध हुन अपिल समेत गरेको छ।>>
यो सिन्धुसमाज निन्द्रामा ब्युझिएको जस्तो लाग्छ । सायद यो मेरो भ्रम होला । भ्रम हो भने निवारण गरि पाउ । होइन भने सक्नेले सस्था चलाउ । अहिले कर्यालय खोलेर सम्पर्क बढाउन खोजनु भएकोमा धन्यवाद ।