मुख्य समाचार
सोस्टाद्धारा सामाजिक अध्ययन शिक्षक सम्मानित | नेक्ससको नजरबाट हेर्दा : एआईले बदलिदै गरेको शिक्षण | बागमती प्रदेशसभाबाट विनियोजन र आर्थिक विधेयक बहुमतले पारित | नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित चेपाङ समुदाय | चौघडाका ८१ किसानलाई अनुदानमा कृषि उपकरण वितरण | समावेशी सहभागिताबिना समृद्धि सम्भव छैन ; प्रदेश प्रमुख देवकोटा | ज्येष्ठ नागरिक मञ्च नगर अध्यक्षमा रामबहादुर नेपाली चयन | मकवानपुर उद्योग वाणिज्य संघद्वारा सामूहिक रोपाइँ गरी धान दिवस मनाइयो | कक्षा १२ को परीक्षामा नेपाली विषयमा ए प्लस ल्याउने विद्यार्थी र शिक्षक सम्मानित | गौ तस्करी नियन्त्रण र पशुचौपायाको मानवीय ढुवानीका लागि विश्व हिन्दू परिषद्को माग |

स्थानीय समाचार बागमती प्रदेश २१ असार २०८३, आइतबार

सोस्टाद्धारा सामाजिक अध्ययन शिक्षक सम्मानित

Nigarani Online

असार २१, हेटौंडा 

सामाजिक अध्ययन शिक्षक समाज (सोस्टा) मकवानपुरले आइतबार एक विशेष कार्यक्रमका बीच ३७ जना शिक्षकहरूलाई सम्मानित गरेको छ ।

एस इ ई २०८२ मा सामाजिक अध्ययन विषयमा शत–प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल तथा उत्कृष्ट ’ए प्लस’  ग्रेड दिलाउन महत्वपूर्ण योगदान पु¥याएका शिक्षकहरूलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको हो ।

सोस्टा मकवानपुरका अध्यक्ष भोगेन्द्र लुइँटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुदीप गिरीको  प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको उत्कृष्ट नतिजामा शिक्षकहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा उपस्थित संस्थाका संस्थापक अध्यक्ष केशव सुवेदीले यस प्रकारको सम्मानले शिक्षकहरूको मनोबल उच्च राख्न र शिक्षण पेसाप्रति थप जिम्मेवार बनाउन ऊर्जा मिल्ने बताउनुभयो ।

कार्यक्रममा अतिथिहरूका तर्फबाट संस्थापक उपाध्यक्ष बिमल कुमार घिमिरे,  नेपाली भाषा शिक्षक समितिका अध्यक्ष ज्योति न्यौपाने र विज्ञान शिक्षक समितिका अध्यक्ष भरत पोख्रेल लगायतले सम्मानित शिक्षकहरूलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार