किसानलाई दुधको बक्यौता तिर्न अटेर गर्ने हेटौँडा ९ चौधघरेस्थित शुभ डेरीले प्रशासनलाई समेत अटेर गरेको पाइएको छ । शुभडेरीले किसानलाई भुक्तान गर्नुपर्ने साँढे पाँच करोडभन्दा बढी रकम अहिलेसम्म भुक्तानी गरेको छैन । शुभ डेरी उद्योगले ५ करोड ५३ लाख रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको छ । किसान दुधको भुक्तानी लिन आउँदा डेरी सञ्चालक भाग्ने र फोन नउठाउने गरेको पीडित किसानहरूले बताएका छन् । मकवानपुरका दुग्ध उत्पादक कृषकहरुले पाउनुपर्ने बक्यौता तिर्न प्रशासनले आदेश दिए पनि शुभ डेरीले अटेर गरिरहेको छ । >
शुभ डेरीले अहिले विशेषगरी छुर्पी उत्पादन गरी विदेश निर्यात गरिरहेको छ । किसानको भुक्तानी नगर्ने मात्र होइन डेरीसमेत अव्यवस्थित रुपमा सञ्चालन गर्नाले स्थानीयसमेत पीडित बनेका छन् । किसानको भुक्तानी नतिर्ने २ डेरी उद्योगहरुलाई जिल्ला प्रशासन समक्ष उपस्थित हुन आदेश दिएपनि अटेर गरेका हुन् । शुभ डेरीसँगै गायत्री डेरीलाई जिल्ला प्रशासन समक्ष उपस्थित हुन आदेश दिइएको भएपनि हालसम्म उपस्थित नभएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीले बताउनुभयो । दुग्ध उत्पादक सहकारी संघको विवरणअनुसार गायत्री डेरीले ३ करोड ३७ लाख रुपैयाँ, किसानले आफ्नो पाउनुपर्ने भुक्तानी नपाउँदा दैनिक गुजारामा समेत समस्या भोगिरहेको भन्दै डेरी उद्योगमा दुध खेर गएको र बिक्रि बन्द भएको अवस्था नदेखिएकोले किसानहरुलाई रकम भुक्तानीमा अटेर गरेको प्रशासनको बुझाइ रहेको प्रजिअ अधिकारीले बताउनुभयो । यि डेरी उद्योगहरुलाई ठुला रकम बक्यौता रहेको कारण पुनः एकपटक जानकारी दिने र उपस्थित नभए सिधा प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रियामा जाने तयारी रहेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।>
>>