मुख्य समाचार
हेटौँडामा कांग्रेसको ४४ औँ वी.पी. स्मृति सभासहित जरा अभियान समापन हुने | विश्वकप फुटबलमा स्पेनलाई दोस्रो पटक उपाधि | मकवानपुर–जापान समाजको अध्यक्षमा पुनः बच्चुराम अर्याल | हेटौँडा नगर स्तरीय शैक्षिक समन्वय समितिमा नयाँ नेतृत्व सर्वसम्मत चयन | नदी, खोला तथा खोल्सामा पौडी खेल्न र अनावश्यक नजान आग्रह | बाघझोरा पुलको बजेटमा श्रेय लिन खोजिएको भन्दै आपत्ति | विश्वकपमा इंग्ल्याण्डको शानदार जित, फ्रान्सलाई हराउँदै तेस्रो स्थान कब्जा | नवजीवन ज्योति क्लबको नवनिर्मित भवन उद्घाटन | बागमती गाउँपालिकाका शिक्षकलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन | बागमती गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा |

स्थानीय समाचार बागमती प्रदेश ५ श्रावण २०८३, मङ्गलबार

हेटौँडामा कांग्रेसको ४४ औँ वी.पी. स्मृति सभासहित जरा अभियान समापन हुने

Nigarani Online

 नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिले ४४ औँ वी.पी. स्मृति सभा तथा जरा अभियान समापन कार्यक्रम आयोजना गर्ने भएको छ।

समितिका अनुसार कार्यक्रम साउन ६ गते बुधबार बिहान ११ बजे हेटौँडा–२ स्थित कालिका पार्टी प्यालेसमा आयोजना गरिनेछ।

कार्यक्रममार्फत नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद (वी.पी.) कोइरालाको योगदानको स्मरण गर्दै उहाँले अघि सारेका राष्ट्रवाद, लोकतन्त्र र समाजवादका आदर्शबारे चर्चा गरिने जनाइएको छ। साथै पार्टीले सञ्चालन गरेको जरा अभियानको औपचारिक समापन पनि यही कार्यक्रममा गरिनेछ।

नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिले पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार