नवसर्जक साहित्य चौतारी नेपाल र नेपाली भाषाशिक्षक समिति मकवानपुरको संयुक्त आयोजनामा शुक्रबार कविता लेखन कार्यशाला सम्पन्न भएको छ।>
नेपाली भाषा शिक्षक समिति मकवनपुरका अध्यक्ष ज्योति न्यौपानेको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यशालामा विशिष्ट अतिथि तथा विज्ञ सहजकर्ताका रूपमा प्रा. डा. देवी नेपाल सहभागी हुन्थ्यो। हेटौंडा ५ का वडाध्यक्ष सुशील घिमिरे, वडा नं. ११ की वडाध्यक्ष जुनाकुमारी दाहाल तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक डा. निमेष निखिलज्यूको समेत उपस्थिति रहेको थियो।>
कार्यशालामा ३० वटा विद्यालयका २२५ भन्दा बढी विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको थियो। कार्यक्रममा प्रा. डा. देवी नेपालले कविता लेखनसम्बन्धी व्यावहारिक तथा सिर्जनात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो।>
कार्यक्रम सफल बनाउन जेनिथ इङ्लिस स्कुल, हेटौँडा–५ परिवारले खाजा तथा सभाहल व्यवस्थापनलगायतका कार्यमा सहकार्य गरेको थियो। ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा आरोही राईले विज्ञ सहजकर्ता डा. नेपाललाई आकर्षक तस्बिर उपहार प्रदान गरेकी थिइन्।>
आयोजक संस्थाले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी, विद्यालय, शिक्षक, विद्यार्थी, पदाधिकारी तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेको छ।>>