मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

राष्ट्रिय समाचार बागमती प्रदेश ३० श्रावण २०८३, शनिबार

प्रस्तावित शिक्षा विधेयकबारे बागमती प्रदेशस्तरीय अन्तरक्रिया हेटौंडामा हुदै

Nigarani Online

प्रस्तावित शिक्षा विधेयकका विषयमा सरोकारवालाको राय, सुझाव तथा धारणा संकलन गर्न बागमती प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको मूल आयोजनामा तथा प्रधानाध्यापक संघ (PAN) को सहजीकरणमा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा बागमती प्रदेशका संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्थायी, करार तथा राहत शिक्षक, प्राविधिक प्रशिक्षक, उच्च माध्यमिक शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) पदाधिकारी तथा शिक्षक–अभिभावक संघका पदाधिकारीलाई सहभागी हुन आह्वान गरिएको छ।

प्रस्तावित शिक्षा विधेयकलाई थप प्रभावकारी र सरोकारवालामैत्री बनाउन सम्बन्धित पक्षबाट प्रत्यक्ष राय तथा सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम २०८३ भदौ १ गते सोमबार बिहान १०ः३० बजे हेटौँडा–९, पशुपतिनगरस्थित प्रगति माध्यमिक विद्यालयमा आयोजना हुनेछ।

आयोजकले शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण व्यक्तिहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाई आफ्ना राय, सुझाव तथा धारणा प्रस्तुत गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार