फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको तेस्रो स्थानका लागि खेलमा इंग्ल्याण्डले फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गरेको छ। अत्यन्त रोमाञ्चक बनेको खेलमा इंग्ल्याण्डका बुकायो साकाले ह्याट्रिक गर्दै टोलीको जित सुनिश्चित गरे भने डेक्लान राइस, एज्री कोन्सा र जुड बेलिङ्घमले पनि गोल थपे। >
पहिलो हाफमा इंग्ल्याण्डले ४–० को अग्रता बनाए पनि दोस्रो हाफमा फ्रान्सले कडा प्रतिस्पर्धा गर्दै फर्कने प्रयास गर्यो। किलियन एमबाप्पेले दुई गोल गर्दै खेललाई रोमाञ्चक बनाए पनि अन्ततः इंग्ल्याण्डले जित निकाल्दै विश्वकपमा तेस्रो स्थान हासिल गर्यो।>
>>