मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

स्थानीय समाचार बागमती प्रदेश २८ असार २०८३, आइतबार

हेटौंडा कपडा उद्योग ब्युँताउने जिम्मा नेपाली सेनालाई

Nigarani Online
छिट्टै सम्भाव्यता अध्ययन सुरु हुने

लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौंडा कपडा उद्योगलाई पुन: सञ्चालन गर्ने जिम्मेवारी सरकारले नेपाली सेनालाई सुम्पेको छ। गत असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त उद्योग सञ्चालन र व्यवस्थापनको प्रारम्भिक कार्य गर्ने जिम्मा सेनालाई दिने निर्णय गरेको हो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सरकारले सेनालाई मुख्य गरी तीनवटा जिम्मेवारी तोकेको छ:

  • मेसिनहरूको मर्मतसम्भार: उद्योगमा रहेका पुराना मेसिनहरूको अवस्था जाँच गरी तिनको मर्मत गर्ने।

  • अध्ययन प्रतिवेदन तयारी: प्राविधिक जनशक्ति परिचालन गरी उद्योगको उत्पादन क्षमता र प्राविधिक अवस्थाबारे विस्तृत सम्भाव्यता अध्ययन (Feasibility Study) प्रतिवेदन तयार पार्ने।

  • परीक्षण उत्पादन: अध्ययन प्रतिवेदनका आधारमा प्रारम्भिक चरणमा परीक्षण उत्पादन (Trial Production) सुरु गर्ने।

सेनाले दिएको जानकारी अनुसार उद्योगमा रहेका मेसिनहरूको वर्तमान अवस्था, कति मेसिनहरू नयाँ थप्नुपर्ने वा मर्मत गर्नुपर्ने र त्यसका लागि कति समय लाग्छ भन्ने विषयलाई प्रतिवेदनमा समेटिने छ। यो सम्भाव्यता अध्ययनको काम छिट्टै सम्पन्न गरेर परीक्षण उत्पादनको दिशामा अघि बढ्ने सेनाको तयारी छ।

वर्षौंदेखि खण्डहर बनेको स्वदेशी उद्योगलाई ब्युँताउने सरकारको यो कदम र सेनाको अनगुमनलाई आर्थिक क्षेत्रमा निकै चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार