मुख्य समाचार
हेटौँडा क्याम्पसमा बागमती विश्वविद्यालयको प्रवेश परीक्षा सम्पन्न | प्रधानाध्यापक नेतृत्व क्षमता विकास सम्बन्धी १ दिने कार्यक्रम हुने | त्रिवेणीधाममा चातुर्मास व्रत तथा विष्णुपुराण पाठ सुरु | जनगुनासो सुन्दै वडास्तरमा पुगे सांसद प्रकाश गौतम | हेटौँडामा भक्ति सङ्गीत तथा भजन कीर्तन कार्यक्रम १६औँ शृङ्खलामा | भानु जयन्ती कृषा थापा | हेटौंडामा जग्गाधनी दर्ता प्रमाणपूर्जामा भूउपयोग क्षेत्रको व्यहोरा अद्यावधिक हुने | श्रावण ९ र १० गतेको बिदामा पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने | हेटौंडाका मासु व्यवसायीलाई प्रशासनको कडा निर्देशन | आधुनिक महिला जागृति सहकारीको कुल सम्पत्ति ८ करोड २ लाख |

स्थानीय समाचार गित संगीत ९ श्रावण २०८३, शनिबार

हेटौँडामा भक्ति सङ्गीत तथा भजन कीर्तन कार्यक्रम १६औँ शृङ्खलामा

Nigarani Online

पि.एम. सेन्टर सङ्गीत विभाग, हेटौँडाको आयोजनामा नियमित रूपमा सञ्चालन हुँदै आएको ’भक्ति सङ्गीत’ भजन कीर्तन तथा सत्सङ्ग कार्यक्रमको १६औ शृङ्खलामा पुगेको छ ।

हेटौँडा–४ स्थित भुवनेश्वर पशुपति मन्दिर परिसरमा आयोजना हुने उक्त कार्यक्रम शनिबार अपरान्ह ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।कार्यक्रममा शास्त्रीय, उपशास्त्रीय, सुगम, लोक, सगुण, निर्गुण, भावात्मक तथा नृत्यात्मक लगायत विविध प्रकारका भजन कीर्तन तथा सत्सङ्ग प्रस्तुत गरिने कार्यक्रमका संयोजक गहन खतिवडाले  बताउनुभयो

आयोजक संस्था पि.एम. सेन्टर सङ्गीत विभागका अध्यक्ष प्रमेन्द्र महर्जन र सचिव प्रहलाद चौलागाईं रहेका छन्। संगीत प्रेमी हरुको संख्या स्बस्फूर्त रुपमा बढ्दै गएको र उहाँहरुले पनि आफ्रनो प्रस्तुति राख्ने अवसर समेत रहने गरेको संयोजक खतिवडाले व्यक्त गर्नुभयो । मानिसहरुमा तन सँगै मन पनि स्वस्थ राख्नु पर्छ र केही समय भएपनि व्यस्तताबाट निक्लिएर मनलाई शान्त बनाउनु पर्छ भन्ने भाव बढेकोले कार्यक्रममा  सबै उमेर समूहका मानिसहरुको उपस्थिति हुदै आएको छ ।  आयोजकले सम्पूर्ण सङ्गीतप्रेमी, भक्तजन तथा आदरणीय महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार