मङ्सिर ७, हेटौँडा
नेपाली सुगम सङ्गीतका स्वरसम्राट् स्वर्गीय नारायण गोपालको ३६औँ पुण्यतिथिको अवसरमा हेटौँडामा ‘नारायण गोपाल स्मृति सङ्गीत समागम–२०८३’ आयोजना हुने भएको छ।
पि.एम. सेन्टर, सङ्गीत विभाग, हेटौँडा–२ को आयोजनामा आगामी मङ्सिर १९ गते शनिबार बिहान ११ बजेदेखि हेटौँडा–४ स्थित पशुपति भुवनेश्वर मन्दिर सभाहलमा कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा नारायण गोपालका कालजयी गीतहरूको साङ्गीतिक प्रस्तुति, उहाँको तस्बिरमा माल्यार्पण तथा जीवन, व्यक्तित्व र नेपाली सङ्गीत क्षेत्रमा पुर्याउनुभएको योगदानबारे चर्चा गरिने आयोजकले जनाएको छ।>
कार्यक्रममा स्थानीय तथा आमन्त्रित गरी एक दर्जनभन्दा बढी कलाकारको सहभागिता रहनेछ। बाल कलाकारदेखि स्थापित कलाकारसम्मले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ। साथै, नयाँ पुस्ताका प्रतिभालाई नेपाली सुगम सङ्गीतसँग जोड्ने उद्देश्यसमेत राखिएको आयोजकले जनाएको छ।>
पि.एम. सेन्टरले विगत आठ महिनादेखि पशुपति भुवनेश्वर मन्दिर परिसरमा नियमित साप्ताहिक भक्ति सङ्गीत कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपाली मौलिक कला, संस्कृति तथा सुगम सङ्गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्मृति समागम आयोजना गर्न लागिएको हो। कार्यक्रममा प्रवेश निःशुल्क रहने र सिट सङ्ख्या सीमित भएकाले प्रवेश पासको व्यवस्था गरिएको कार्यक्रम संयोजक गहन खतिवडाले बताउनुभयो। >
आयोजकले सङ्गीतप्रेमी, कलाकार, साहित्यकार, संस्कृतिकर्मी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई नेपाली सङ्गीतका अमर साधक नारायण गोपालप्रति श्रद्धाञ्जली अर्पण गर्न हार्दिक निमन्त्रणा गरेको छ।>>