महोत्तरी । दुर्गा प्रसाईँको अगुवाइमा गठन भएको नेपाल पथ पार्टीको तराई–मधेश प्रदेशस्तरीय बृहत् कार्यक्रम महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ।>
पार्टीका केन्द्रीय नेता तथा मधेश प्रदेश संयोजक देवी सङ्ग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय नेता राजु आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।>
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा केन्द्रीय नेताहरू सन्तोष पौडेल र राजेन्द्र दमाई सहभागी हुनुहुन्थ्यो। त्यसैगरी अतिथिहरू नरेश साह, हरि मैनाली, विश्वलाल गुप्ता, अञ्जु गिरी, अशोक यादव, रसुन राईलगायतको उपस्थिति रहेको थियो।>
मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका पार्टी प्रतिनिधिहरूले कार्यक्रममा आफ्ना धारणा राखेका थिए। मन्तव्य राख्नेहरूमा पर्साका शम्भु चौरसिया, महोत्तरीका दीपक पूर्वछाने, धनुषाका राजकुमार अधिकारी, सिरहाका रामकुमार महतो, सप्तरीका रामकुमार दास, सुशील बराल, शकुनी सिंह दनुवार र आशादेवी चौधरीलगायत रहेका थिए।>
कार्यक्रममा विशेषगरी बैंक, लघुवित्त, सहकारी तथा मिटरब्याजी समस्याबाट पीडित नागरिकहरूले भोग्नुपरेको अन्याय र आर्थिक शोषणका विषयमा गम्भीर छलफल भएको थियो।>
कार्यक्रमका अध्यक्ष तथा पार्टीका केन्द्रीय नेता एवं मधेश प्रदेश संयोजक देवी सङ्ग्रौलाले वित्तीय संस्थाहरूबाट पीडित नागरिकहरूले भोगिरहेको पीडा र अन्यायप्रति आक्रोश व्यक्त गर्नुभयो। पीडितहरूको दुःख, आँसु र समस्यालाई आफूले नजिकबाट बुझेको बताउँदै उहाँले अब अन्याय सहेर बस्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो।>
मधेश प्रदेशको जुनसुकै जिल्ला र ठाउँमा रहेका बैंक, लघुवित्त, सहकारी तथा मिटरब्याजी समस्याबाट पीडित नागरिकको न्यायका लागि आफू दृढतापूर्वक उभिने उहाँले प्रतिबद्धता जनाउनुभयो। कुनै पनि दबाब र धम्कीबाट पछि नहटी पीडितको पक्षमा संघर्ष गर्ने बताउँदै न्यायका लागि आफू मधेशमा दरिलो रूपमा उभिने उहाँको भनाइ थियो।>
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि राजु आचार्यले वित्तीय संस्था तथा सामाजिक अन्यायबाट पीडित नागरिकहरूको आवाज उठाउने अभियानमा नेपाल पथ पार्टी अग्रसर रहने बताउनुभयो। बैंक, लघुवित्त, सहकारी तथा अन्य वित्तीय संस्थाबाट पीडित भएका नागरिकलाई न्याय दिलाउन पार्टीले देशभर अभियान सञ्चालन गर्ने उहाँको भनाइ थियो। मधेश प्रदेशको जुनसुकै स्थानमा रहेका पीडितलाई न्याय दिलाउन आवश्यक परे आफ्नो ज्यानसमेत दाउमा राखेर अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।>
कार्यक्रममा सहभागी पीडितहरूले पनि न्याय प्राप्तिका लागि पार्टीसँग सहकार्य गर्ने, पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउने र आवश्यक परेको समयमा पार्टीप्रति प्रतिबद्ध भएर साथ दिने उद्घोष गरेका थिए।>
कार्यक्रमको सबैभन्दा भावुक क्षणमा सहभागीहरूले पार्टीका अगुवा दुर्गा प्रसाईँलाई आफ्नो अभिभावक तथा भगवान्सरह भएको भन्दै समर्थन र एक्यबद्धता व्यक्त गरेका थिए। दुर्गा प्रसाईँप्रतिको समर्थन व्यक्त गर्दै कतिपय सहभागी भावुक बनेर आँसु झार्दै एकताबद्धताको सन्देश दिएका थिए।>
बर्दिबासमा सम्पन्न यस कार्यक्रमले मधेश प्रदेशमा नेपाल पथ पार्टीको संगठन विस्तारसँगै बैंक, लघुवित्त, सहकारी तथा मिटरब्याजी समस्याबाट पीडित नागरिकहरूको न्यायका लागि सामूहिक रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।>