>
हेटौँडा, श्रावण ९ — बागमती विश्वविद्यालय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूको प्रवेश परीक्षा हेटौँडा क्याम्पसमा सम्पन्न भएको छ। परीक्षा BALLB, BHM, B.Ed., BBA र BIT गरी ५ कार्यक्रमहरूका लागि सञ्चालन गरिएको क्याम्पसले जनाएको छ।>
प्रवेश परीक्षामा १७५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्राविधिक, सीपमूलक तथा रोजगारउन्मुख शिक्षा आफ्नै प्रदेश राजधानी हेटौँडामै अध्ययन गर्न पाइने अवसरका कारण मकवानपुरसहित आसपासका जिल्लाका विद्यार्थी तथा अभिभावकहरूमा उत्साह देखिएको क्याम्पस प्रशासनले जनाएको छ।>
क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरले प्रवेश परीक्षामा देखिएको अत्यधिक सहभागिताले क्याम्पसलाई थप ऊर्जा मिलेको र क्याम्पसले प्रदान गर्दै आएको शिक्षालाई अझ व्यवहारिक, प्रयोगात्मक तथा रोजगारउन्मुख बनाउन क्याम्पस प्रतिबद्ध रहेको बताउनु भयो ।>
क्याम्पसले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित समयानुकूल व्यावसायिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।>
यसैबीच, B.Ed. र BBA कार्यक्रमको प्रथम सेमेस्टरको नतिजामा उत्कृष्ट प्रदर्शन भएको क्याम्पसले जानकारी दिएको छ।>
>>