मुख्य समाचार
कक्षा १२ को मौका परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न, सहयोगी निकायप्रति कार्यालयको आभार | शिक्षा क्षेत्रमा ३ प्रतिशत कर असुल नगर्ने फेमकोल एकेडेमीको निर्णय | युरोप भ्रमणमा पिप्ले युवा क्लबका अध्यक्ष घिमिरे | सिद्धार्थ माविको अध्यक्षमा रविना गोले सर्वसम्मत | नारायणी यातायात व्यवसायी संघको नयाँ कार्यसमितिलाई सम्मान | जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ | हेटौँडाका निजी अस्पतालको अनुगमन | हेटौँडामा कांग्रेसको ४४ औँ वी.पी. स्मृति सभासहित जरा अभियान समापन हुने | विश्वकप फुटबलमा स्पेनलाई दोस्रो पटक उपाधि | मकवानपुर–जापान समाजको अध्यक्षमा पुनः बच्चुराम अर्याल |

राष्ट्रिय समाचार ७ श्रावण २०८३, बिहीबार

कक्षा १२ को मौका परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न, सहयोगी निकायप्रति कार्यालयको आभार

Nigarani Online

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १२ अन्तर्गत हेटौँडा कार्यालयको कार्यक्षेत्रमा पर्ने पाँच जिल्लामा सञ्चालित कक्षा १२ को मौका परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ।

कार्यालयका अनुसार २०८३ साल श्रावण २ र ३ गते सञ्चालन भएको परीक्षामा पहिलो दिन ८ हजार ३८ परीक्षार्थीमध्ये ७ हजार ६४५ जना सहभागी भएका थिए। त्यस्तै दोस्रो दिन २ हजार ६८३ परीक्षार्थीमध्ये २ हजार ५६६ जनाले परीक्षा दिएका छन्।

पाँच जिल्लाका २४ वटा परीक्षा केन्द्रमार्फत सञ्चालन गरिएको परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन शिक्षा विकास तथा समन्वय इकाई, केन्द्राध्यक्ष, जिल्ला परीक्षा समन्वय समिति तथा सुरक्षा निकायले आवश्यक समन्वय, सहजीकरण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

परीक्षा सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्‍याउने सबै निकायप्रति हेटौँडा कार्यालयले हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र समन्वयको अपेक्षा गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार