मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

राष्ट्रिय समाचार २६ श्रावण २०८३, मङ्गलबार

लामो समयदेखि तलब नपाउँदा हेटौंडा सिमेन्टका कर्मचारी सङ्कटमा

Nigarani Online

 विगत तीन वर्षदेखि पूर्ण रूपमा बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगका कर्मचारीहरू १४ महिनादेखि तलब नपाउँदा गम्भीर आर्थिक संकटमा परेका छन्। उद्योग बन्द भएपछि नियमित आयको स्रोत रोकिँदा कर्मचारीहरू दैनिक जीवन सञ्चालन गर्नसमेत कठिनाइ भएको बताएका छन्।

उद्योगका स्थायी कर्मचारीहरूको मात्रै करिब १२ करोड ३० लाख रुपैयाँ तलब बक्यौता रहेको जनाइएको छ। लामो समयदेखि तलब नपाउँदा धेरै कर्मचारी बैंकबाट लिएको ऋणको किस्ता तिर्न नसक्ने अवस्थामा पुगेका छन् भने कतिपयका छोराछोरीको पढाइसमेत प्रभावित भएको छ।

कर्मचारीहरूले उद्योग सञ्चालन वा वैकल्पिक व्यवस्थापनबारे सरकारले स्पष्ट निर्णय नगर्दा आफूहरू अन्योलमा परेको गुनासो गरेका छन्। “१४ महिनादेखि तलब छैन, बैंकको किस्ता तिर्न सकेका छैनौँ, घरखर्च चलाउनसमेत समस्या भएको छ,” एक कर्मचारीले बताए।

हेटौँडा सिमेन्ट उद्योग लामो समयदेखि आर्थिक तथा प्राविधिक समस्यामा फसेको थियो। उत्पादन पूर्ण रूपमा बन्द भएपछि कर्मचारीहरूको भविष्य अन्योलमा परेको छ। कर्मचारी संगठनहरूले तत्काल बक्यौता तलब भुक्तानी गर्न र उद्योगको भविष्यबारे स्पष्ट योजना सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

स्थानीय स्तरमा उद्योग पुनः सञ्चालनको माग उठिरहे पनि हालसम्म ठोस प्रगति नदेखिएको कर्मचारीहरूको भनाइ छ। उनीहरूले तलब भुक्तानी र उद्योगको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार