मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

स्थानीय समाचार ३० श्रावण २०८३, शनिबार

कालीलेक वनमा फलफूलका ५५ बिरुवा रोपिए

Nigarani Online

३० श्रावण, हेटौंडा 

हेटौंडा १७, ठूलोगङ्गटेमा रहेको कालीलेक सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै स्थानीय कृषकको बालीमा हुने बाँदरको प्रकोप नियन्त्रण गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

समूहको आफ्नै लगानीमा विभिन्न फलफूल तथा बहुउपयोगी प्रजातिका ५५ वटा बिरुवा रोपिएको समूहका उपाध्यक्ष नवीन बिष्टले जानकारी दिनुभयो। उहाँका अनुसार बाँदरको प्रकोप नियन्त्रण गर्न वन क्षेत्रमा फलफूलका बिरुवा रोपेर वन्यजन्तुलाई वनमै आहारको व्यवस्था गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

वृक्षरोपण कार्यक्रममा अमला, फलिट, कटहर, अम्बा, जामुन, इमिली, हर्रो र बर्रो लगायतका प्रजातिका बिरुवा रोपिएका छन्। वन क्षेत्रमा फलफूलका बिरुवा हुर्किएसँगै वन्यजन्तुले आवश्यक आहार वनमै प्राप्त गर्ने र आसपासका बस्ती तथा खेतीबालीमा हुने क्षति कम हुने समूहको अपेक्षा छ। 

“समूहले आफ्नै लगानीमा फलफूलका बिरुवा खरिद गरी रोपण गरेको हो। अन्य सामुदायिक वन उपभोक्ता समूहहरूले पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ। यस्ता कार्यक्रमलाई स्थानीय सरकारले समेत प्रोत्साहन गर्न आवश्यक छ,” उपाध्यक्ष बिष्टले थप्नुभयो।

समूहले वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण, सिँचाइ तथा नियमित हेरचाहमा समेत ध्यान दिने जनाएको छ। कार्यक्रमले वन संरक्षण, जैविक विविधताको संरक्षण तथा स्थानीय कृषकको बाली जोगाउन योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार