स्थानीय समाचार बागमती प्रदेश ६ श्रावण २०८३, बुधवार

सिद्धार्थ माविको अध्यक्षमा रविना गोले सर्वसम्मत

Nigarani Online

हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविना गोले सर्वसम्मत चयन भएकी छन्।

साउन २ गते सम्पन्न विद्यालय व्यवस्थापन समितिको निर्वाचनबाट रविना गोलेसहित सरिता दाहाल, अशोक पण्डित र शिवप्रसाद अगस्ती सदस्य पदमा निर्वाचित भएका हुन्। यसैगरी शिक्षक प्रतिनिधिमा मोहन न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । 

नवनिर्वाचित अध्यक्ष गोले तथा सदस्यहरूलाई विभिन्न व्यक्तित्वहरूले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सुशासन, भौतिक पूर्वाधार विकास तथा विद्यालयको समग्र उन्नयनमा नवनिर्वाचित समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूले विद्यालयको सर्वाङ्गीण विकासका लागि अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय समुदायसँग सहकार्य गर्दै जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार