मुख्य समाचार
बागमती गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा | मकवानपुरबाट सरकारलाई 'रोम विधान' अनुमोदनको दबाब | सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न हेटौंडा–९ वडाको सूचना | नेपाल शिक्षक महासंघद्वारा चलचित्र ‘मास्टर्नी’को गीतप्रति आपत्ति, तुरुन्त रोक्न माग | साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदै | हेटौँडा उपमहानगरपालिकामा केही दिनका लागि राजस्व संकलन सेवा बन्द हुने | चुरियामाई सुरुङकाे संरक्षण तथा व्यवस्थापनकाे जिम्मेवारी हस्तान्तरण | पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा सहुलियत | अर्जेन्टिना फाइनलमा, इङ्ग्ल्याण्ड पराजित | हेटौंडा बसपार्कबाट हराएको मोटरसाइकल फेला |

स्थानीय समाचार १ श्रावण २०८३, शुक्रबार

बागमती गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा

Nigarani Online

साउन १, हेटौंडा 

मकवानपुरको सुदूरपूर्वी क्षेत्रमा अवस्थित बागमती गाउँपालिकामा १५ शय्याको सहिद स्मृति आधारभूत अस्पताल सञ्चालनमा आएको छ। गाउँपालिका–५ मा निर्माण गरिएको अस्पतालले शुक्रबारदेखि नियमित रूपमा स्वास्थ्य सेवा दिन सुरु गरेको हो।

संघीय सरकारको करिब १८ करोड रुपैयाँको लगानीमा डेढ विघा क्षेत्रफलमा निर्माण गरिएको अस्पताल भवनको निर्माण कार्य तीन वर्षअघि सुरु भएको थियो। भवन निर्माण सम्पन्न भएसँगै अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए।

अस्पतालमा सुत्केरी सेवा, बहिरंग (ओपीडी) सेवा, आँखा तथा दन्त उपचार, खोप सेवा, भिडियो एक्स–रे र प्रयोगशाला परीक्षणलगायतका आधारभूत स्वास्थ्य सेवा उपलब्ध छन्। स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ताका अनुसार अस्पतालमा हाल चिकित्सकसहित १५ जना स्वास्थ्यकर्मी कार्यरत छन्।

हेटौँडाबाट करिब ६० किलोमिटर टाढा रहेको यो अस्पताल बागमती गाउँपालिकाका बासिन्दामात्र होइन, छिमेकी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र काभ्रेको महाभारत गाउँपालिकाका नागरिकका लागि पनि सहज पहुँचको स्वास्थ्य संस्था बन्ने अपेक्षा गरिएको छ।

बागमती गाउँपालिकामा ९ वटा वडा रहेका छन्। सबै वडामा स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहे पनि अब १५ शय्याको अस्पताल सञ्चालनमा आएपछि स्थानीयले थप गुणस्तरीय र विस्तारित स्वास्थ्य सेवा आफ्नै क्षेत्रबाट प्राप्त गर्ने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार