साउन २, हेटौंडा >
हेटौंडा–६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको नवनिर्मित भवन उद्घाटन गरिएको छ। वागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा क्लबकै निजी जग्गामा निर्माण गरिएको उक्त भवनको उद्घाटन वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शनिबार गरेका हुन्।>
क्लबका अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ तथा वडा नं. ६ का कार्यवाहक अध्यक्ष विजय पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा क्लबले विगतमा गरेका गतिविधिबारे संस्थागत प्रतिवेदन प्रस्तुत गरिएको थियो।>
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सहकारी तथा सामाजिक संघसंस्थाका प्रमुख, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।>
२०५८ सालमा वातावरण संरक्षण पुरस्कारबाट सम्मानित नवजीवन ज्योति क्लबमा हाल ५० साधारण, ८५ आजीवन तथा २ मानार्थ सदस्य रहेका छन्। कार्यक्रम क्लबका सचिव राजकुमार फुयालले सञ्चालन गरेका थिए।>>