मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

राष्ट्रिय समाचार १८ भाद्र २०८३, बिहीबार

बाढी पीडितको सम्झनामा राष्ट्रिय शोक, भदौ २३ मा जेनजी शहीद दिवस तथा सार्वजनिक बिदा

Nigarani Online

बाढी पीडितको सम्झनामा राष्ट्रिय शोक, भदौ २३ मा ‘जेनजी शहीद दिवस’ तथा सार्वजनिक बिदा

सरकारले बाढीबाट ज्यान गुमाएका नागरिक तथा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मानमा विभिन्न निर्णय गरेको छ। सरकारले रसुवा बाढीबाट ज्यान गुमाउनुभएका व्यक्तिहरूको १३औँ दिनको पुण्यतिथिका अवसरमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ। त्यसैगरी, सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका शहीदहरूको स्मरणमा आगामी भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले जेनजी शहीद दिवसका अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिने जानकारी दिनुभयो। उहाँका अनुसार सो अवसरमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका युवाहरूको योगदान र बलिदानको स्मरण गर्नुका साथै उनीहरूले उठाउनुभएका सवाल, आन्दोलनका उद्देश्य तथा प्राप्त उपलब्धिबारे छलफल गरिनेछ। सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाउनुभएका युवाहरूको योगदानलाई सम्मान गर्दै हरेक वर्ष भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार