मुख्य समाचार
प्रधानाध्यापकको नेतृत्व क्षमता विकाससम्बन्धी तालिम सम्पन्न | भदौ १ गते कुष्माण्ड सरोवर त्रिवेणीधाममा विशेष कालसर्प दोष निवारण पूजा | साउनभित्रै दलित तथा भूमिहीनलाई लालपुर्जा वितरण सुरु हुन्छ : सांसद उप्रेती | हेटौंडामा एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला | जनताको मत सौदाबाजीको माध्यम होइन | नेकपा मकवानपुरद्वारा पालिकास्तरीय आईटी प्रतिनिधिलाई प्राविधिक प्रशिक्षण | नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय परिषद् सदस्यमा जीवन ढकाल मनोनित | व्यवसाय दर्ता तथा नवीकरण गर्न बागमती गाउँपालिकाको आग्रह | हेटौँडा क्याम्पसमा बागमती विश्वविद्यालयको प्रवेश परीक्षा सम्पन्न | प्रधानाध्यापक नेतृत्व क्षमता विकास सम्बन्धी १ दिने कार्यक्रम हुने |

प्रधानाध्यापकको नेतृत्व क्षमता विकाससम्बन्धी तालिम सम्पन्न

Nigarani Online

 नेपाल प्रधानाध्यापक महासंघ (PAN) मकवानपुर समितिको आयोजनामा प्रधानाध्यापकहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने 'प्रधानाध्यापक नेतृत्व क्षमता विकाससम्बन्धी तालिम' आइतबार  हेटौँडामा सम्पन्न भएको छ।

बिहान १०:१५ बजेबाट अपराह्न ३:३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी PAN का केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गौतम विशेष अतिथि तथा हेटौँडा उपमहानगरपालिका वडा अध्यक्ष एवं भुटनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

PAN मकवानपुरका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिममा काठमाडौँ विश्वविद्यालय (KU) का कृत्रिम बुद्धिमत्ता (AI) विज्ञ हिमाल के.सी. ले शैक्षिक नेतृत्वमा कृत्रिम बुद्धिमत्ताको प्रयोग र यसको सम्भावनाबारे प्रशिक्षण दिनुभएको थियो। त्यस्तै STEAM Connection in Leadership Development विषयमा विज्ञ इन्द्रमणि श्रेष्ठले प्रभावकारी नेतृत्व विकास, नवप्रवर्तन र समकालीन शैक्षिक व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा विद्यालय नेतृत्वलाई समयसापेक्ष, प्रविधिमैत्री तथा प्रभावकारी बनाउने विषयमा अन्तरक्रियासमेत भएको थियो। सहभागी प्रधानाध्यापकहरूले तालिमबाट नेतृत्व क्षमता अभिवृद्धि तथा विद्यालय व्यवस्थापनमा नवीन सोच र सीप हासिल भएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने प्रशिक्षक, अतिथि तथा सहभागी सम्पूर्णप्रति नेपाल प्रधानाध्यापक महासंघ (PAN) मकवानपुर समितिले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार