मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

स्थानीय समाचार २ भाद्र २०८३, मङ्गलबार

अंगारेश्वर धार्मिक तथा पर्यटकीय स्थलको विकासमा पाण्डे दम्पतीको एक लाख सहयोग

Nigarani Online

हेटौंडा १७ मा अवस्थित अंगारेश्वर धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, विकास तथा सौन्दर्यीकरणका लागि वाइ.के. पाण्डे र श्रीमती सत्य बिष्टले करिब एक लाख रुपैयाँ बराबरको सहयोग गरेका छन्।

आफ्ना स्वर्गीय पिता रण केसरी पाण्डे र माता कमला पाण्डेको स्मृतिमा पितृ उद्धार तथा पुण्य प्राप्तिको उद्देश्यसहित पाण्डे दम्पतीले अंगारेश्वर मन्दिर परिसरमा स्टिलको रेलिङ, फल्स सिलिङ तथा पित्तलको चौधूवा निर्माण गरी अर्पण गरेका हुन्।

मन्दिर परिसरको भौतिक संरचना सुधार तथा सौन्दर्यीकरणमा सहयोग पुग्ने गरी गरिएको उक्त निर्माण तथा सामग्रीको कुल लागत करिब रु. १ लाख रहेको अंगारेश्वर धार्मिक तथा पर्यटकीय स्थल परिवारले जनाएको छ।

धार्मिक आस्था र सामाजिक सेवाको भावनासहित गरिएको सहयोगले अंगारेश्वरको संरक्षण तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने स्थल परिवारको भनाइ छ।

सहयोगप्रति अंगारेश्वर धार्मिक तथा पर्यटकीय स्थल परिवारले पाण्डे दम्पतीलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार