स्थानीय समाचार खेलकुद ६ श्रावण २०८३, बुधवार

युरोप भ्रमणमा पिप्ले युवा क्लबका अध्यक्ष घिमिरे

Nigarani Online

हेटौँडास्थित पिप्ले युवा क्लबका अध्यक्ष तथा पूर्व ए डिभिजन फुटबल खेलाडी सुविन घिमिरे युरोपियन फुटबलको आधारभूत अभ्यास, खेल संस्कृति र खेल प्रणालीको अध्ययनका लागि डेनमार्क र नर्वे भ्रमणमा रहेका छन्।

व्यवसायिक फुटबल एकेडेमी सञ्चालन गर्ने दीर्घकालीन उद्देश्यका साथ घिमिरेले युरोप भ्रमण गरेका हुन्। भ्रमणका क्रममा उनले त्यहाँका फुटबल प्रशिक्षण पद्धति, खेल पूर्वाधार, युवा खेलाडी उत्पादन प्रणाली तथा खेल व्यवस्थापनका विविध पक्षको अध्ययन गर्ने जनाइएको छ।

घिमिरेको अध्ययन भ्रमणबाट प्राप्त अनुभव र ज्ञानले नेपाली फुटबल, विशेषगरी मकवानपुरमा व्यवसायिक फुटबल प्रशिक्षणको विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

उनको युरोप भ्रमण सफल, उपलब्धिमूलक तथा फलदायी रहोस् भन्दै पिप्ले युवा क्लब, खेलकर्मी तथा शुभेच्छुकहरूले शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार