मुख्य समाचार
वर्षाका कारण सतर्क रहन मकवानपुर प्रहरीको आग्रह | बाढी–पहिरोका कारण रोकिएका यात्रुलाई होटलमा २० प्रतिशत छुट | दोहोरिएको परीक्षा खर्चको जिम्मेवारी प्रशासनले वहन गर्न नेविसंघको माग | समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता भोलिदेखि सुरु हुँदै | भानु जन्मजयन्तीको अवसरमा भानु माविमा कविता वाचन कार्यक्रम आयोजना | कर्रा खोलाको बाढीले १२ चक्के ट्रक बगायो, चालक सकुशल | हेटौँडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द | मकवानपुर–१ का सांसद प्रकाश गौतम सिंगापुर र इन्डोनेसियामा अध्ययन भ्रमणमा | आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै | जनप्रियमा भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता सम्पन्न |

राष्ट्रिय समाचार बागमती प्रदेश २९ असार २०८३, सोमबार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता भोलिदेखि सुरु हुँदै

Nigarani Online

बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले प्रदेश भित्रका ५ वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने कार्य २०८३ असार ३० गते मङ्गलवारदेखि सुरु गर्न लागेको छ।

सोमबार सूचना अधिकारी सुवास उप्रेतीद्वारा जारी प्रेस नोट अनुसार, बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँज्यूले ललितपुरको जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रको सभाहलमा अपराह्न १:०० बजे एक कार्यक्रमका बीच यस कार्यको शुभारम्भ गर्नुहुनेछ। हालसम्म समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था (सोल्टीमोड), दर्शन बचत तथा ऋण सहकारी संस्था (कीर्तिपुर), सुमेरु बचत तथा ऋण सहकारी संस्था (पुल्चोक), नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था (सामाखुसी) र लालीगुँरास बचत तथा ऋण सहकारी संस्था (खुसिबु) का साना बचतकर्ताहरूले यस चरणमा अधिकतम रु. १ लाखसम्मको आफ्नो बचत रकम फिर्ता पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार