मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

स्थानीय समाचार १६ भाद्र २०८३, मङ्गलबार

वंशगोपालका विद्यार्थीले खाजा खर्च कटाएर रसुवा बाढीपीडितका लागि जुटाए १४ हजार ७८५ रुपैयाँ

Nigarani Online

भाद्र १६, हेटौंडा 

हेटौंडा–६, चौघडास्थित वंशगोपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर रसुवा बाढीपीडितका लागि १४ हजार ७८५ रुपैयाँ आर्थिक सहयोग जुटाएका छन्।

कक्षागत रूपमा विद्यार्थीहरूबाट स्वस्फूर्त रूपमा संकलन गरेको  रकम नेपाल बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका रेडक्रस नायक शिक्षक प्रकाश पराजुलीले बताउनुभयो । 

विपद्को समयमा आफ्नो खाजा खर्च कटाएर सहयोग गर्ने विद्यार्थीहरूको मानवीय भावना र सामाजिक उत्तरदायित्वको विद्यालय परिवारले प्रशंसा गरेको छ । 

रसुवा बाढीपहिरोबाट प्रभावित नागरिकको पीडाप्रति विद्यार्थीहरू अत्यन्त भावुक बनेको र  विद्यार्थीहरूले यसरी सहयोग गरेको क्षण जीवनभर अविस्मरणीय रहने व्यक्त गरेको भनी शिक्षक तीर्थ खडकाले निगरानीसँग बताउनुभयो  । 

प्रतिक्रिया

Kiran basnet १६ भाद्र २०८३, मङ्गलबार

50

सम्बन्धित समाचार