मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

समसामयिक ५ कार्तिक २०८३, बुधवार

आज विजयादशमी, मान्यजनबाट टीका र जमरा लगाइँदै

Nigarani Online

कार्तिक ४, हेटौंडा 

  बडादशैँको मुख्य दिन विजयादशमी आज मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी मनाउने परम्परा छ।

यस दिन परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई एकअर्कालाई टीका र जमरा लगाएर सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने गर्छन्।

दशैँलाई पारिवारिक मिलन, आपसी सद्भाव र सामाजिक एकताको पर्वका रूपमा पनि लिइन्छ। देशभरका हिन्दू धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक दुर्गा भवानीको प्रसाद ग्रहण गर्दै हर्षोल्लासका साथ यो पर्व मनाइरहेका छन्। विजयादशमीले समाजमा प्रेम, सद्भाव र सकारात्मक सोचको विकास गर्न प्रेरणा दिने विश्वास गरिन्छ।

प्रतिक्रिया

Visan ५ कार्तिक २०८३, बुधवार

Happy Dashain

सम्बन्धित समाचार