मुख्य समाचार
मकवानपुर उद्योग वाणिज्य संघद्वारा सामूहिक रोपाइँ गरी धान दिवस मनाइयो | कक्षा १२ को परीक्षामा नेपाली विषयमा ए प्लस ल्याउने विद्यार्थी र शिक्षक सम्मानित | गौ तस्करी नियन्त्रण र पशुचौपायाको मानवीय ढुवानीका लागि विश्व हिन्दू परिषद्को माग | तासिरमा अंग्रेजीभाषा शिक्षकका लागि गेमिफिकेशन र कक्षा व्यवस्थापन कार्यशाला | हेटौंडा औद्योगिक क्षेत्रभित्र विपद् व्यवस्थापनको नमूना अभ्यास सम्पन्न | मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना, ३८ जना घाइते | बिहीबार सुनको मूल्यमा भारी उछाल, तोलामा २० हजार ५ सय रुपैयाँले वृद्धि | चर्को आवाजमा कुदाइने बाइक नियन्त्रणका लागि ट्राफिक प्रहरी सादा पोशाकमा परिचालन | आजको राशिफल – Today’s Horoscope २०८२ माघ १३ गते (२७ जनवरी २०२६), मंगलवार | सुदूरपश्चिम चुनावी अभियानमा बालेन शाह, डडेलधुरादेखि बझाङसम्म कार्यक्रम |

राष्ट्रिय समाचार बागमती प्रदेश १६ असार २०८३, मङ्गलबार

मकवानपुर उद्योग वाणिज्य संघद्वारा सामूहिक रोपाइँ गरी धान दिवस मनाइयो

Nigarani Online

हेटौँडा, असार  १५— मकवानपुर उद्योग वाणिज्य संघले सोमबार राष्ट्रिय धान दिवसको अवसरमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ। संघको कृषि प्रवर्द्धन समितिको संयोजनमा मनहरी गाउँपालिका–५, डिल्लीपुरस्थित हिमालयन कृषि तथा पशुपालन फार्ममा सामूहिक धान रोपाइँ गरी यो दिवस मनाइएको हो। मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका सदस्य उत्तम शर्मा ढकाल र मनहरी–५ का वडा अध्यक्ष दिपेन्द्र अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले अबका दिनमा कुनै पनि बाँझो जमिनलाई खाली नराखी कृषिको लागि उपयोगमा ल्याउनुपर्ने र कृषि क्षेत्रको विकासका लागि सबै सरोकारवालाहरूले सघाउनुपर्ने बताउनुभयो। साथै, मउवासंघले आगामी दिनमा पनि कृषि प्रवर्द्धन सम्बन्धी यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मनहरी–५ का वडा अध्यक्ष दिपेन्द्र अधिकारीले मकवानपुर जिल्लाको पश्चिम क्षेत्र कृषि उत्पादनको मुख्य केन्द्र भएको बताउनुभयो। विशेष गरी मनहरी–५ नं. वडा कृषि, दूध उत्पादन र पशुपालनमा अग्रणी रहेको उल्लेख गर्दै उहाँले धान दिवस कार्यक्रमका लागि आफ्नो वडालाई छनौट गरेकोमा मउवासंघलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि एवं मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले कार्यक्रम स्थल हिमालयन कृषि तथा पशुपालन फार्म स्थानीय किसानहरूका लागि एउटा उदाहरणीय र प्रेरणाको स्रोत बनेको बताउनुभयो। गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको स्पष्ट पार्दै उहाँले किसानहरूको लगानी सुरक्षाका लागि मनहरी गाउँपालिकाले कृषि बीमा तथा बाली बीमाको व्यवस्था गरेको जानकारी दिनुभयो। अध्यक्ष कालाखेतीले हाल मनहरीमा प्रतिदिन १५,००० लिटर दूध उत्पादन भइरहेको सुखद तथ्याङ्क समेत प्रस्तुत गर्नुभयो।

कार्यक्रममा मउवासंघको कृषि प्रवर्द्धन समितिकी संयोजक निलम कुमारी पाण्डेले असार र धान रोपाइँ किसानहरूका लागि मानो रोपेर मुरी फलाउने विशेष र उत्साहको दिन भएको बताउनुभयो। उहाँले सम्पूर्ण किसानहरूको प्रगतिको कामना गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा संघका महासचिव प्रतिमा श्रेष्ठले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो। सो अवसरमा मउवासंघका पदाधिकारी, सदस्य, कृषि समितिका प्रतिनिधि, महिला उद्यमी तथा मनहरीका स्थानीय बासिन्दाहरू गरी करिब १५० जनाको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

मकवानपुर उद्योग वाणिज्य संघद्वारा सामूहिक रोपाइँ गरी धान दिवस मनाइयो

१६ असार २०८३, मङ्गलबार

कक्षा १२ को परीक्षामा नेपाली विषयमा ए प्लस ल्याउने विद्यार्थी र शिक्षक सम्मानित

१४ असार २०८३, आइतबार

गौ तस्करी नियन्त्रण र पशुचौपायाको मानवीय ढुवानीका लागि विश्व हिन्दू परिषद्को माग

१३ असार २०८३, शनिबार

तासिरमा अंग्रेजीभाषा शिक्षकका लागि गेमिफिकेशन र कक्षा व्यवस्थापन कार्यशाला

१२ असार २०८३, शुक्रबार

हेटौंडा औद्योगिक क्षेत्रभित्र विपद् व्यवस्थापनको नमूना अभ्यास सम्पन्न

११ असार २०८३, बिहीबार

मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना, ३८ जना घाइते

१७ माघ २०८२, शुक्रबार

सम्बन्धित समाचार