मुख्य समाचार
मकवानपुरमा ‘सद्भाव–यात्रा’ आयोजना, व्यापक सहभागिताको अपिल | मकवानपुर प्रशासनद्वारा धार्मिक सहिष्णुता कायम राख्न र ठूलो आवाजमा लाउडस्पिकर नबजाउन अपिल | कालिका माविको अध्यक्षमा कृण्णमाया बोम्जन सर्वसम्मत | बागमती सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री बानियाँलाई जिम्मेवारी | शम्भुप्रसाद आचार्यका दुई कृति आदि मञ्जरी र ज्ञान पुञ्ज सार्वजनिक | लटारम्मेश्वर महादेव धार्मिक–पर्यटकीय गन्तव्य बन्दै | आज देशभरका अस्पतालमा ओपीडी सेवा बन्द | प्रधानाध्यापकको नेतृत्व क्षमता विकाससम्बन्धी तालिम सम्पन्न | भदौ १ गते कुष्माण्ड सरोवर त्रिवेणीधाममा विशेष कालसर्प दोष निवारण पूजा | साउनभित्रै दलित तथा भूमिहीनलाई लालपुर्जा वितरण सुरु हुन्छ : सांसद उप्रेती |

राष्ट्रिय समाचार बागमती प्रदेश १६ श्रावण २०८३, शनिबार

मकवानपुरमा ‘सद्भाव–यात्रा’ आयोजना, व्यापक सहभागिताको अपिल

Nigarani Online

जिल्ला प्रशासन कार्यालय मकवानपुर ले जिल्लामा सामाजिक सद्भाव, मेलमिलाप र सहिष्णुता कायम राख्ने उद्देश्यले ‘सद्भाव–यात्रा’ आयोजना गर्ने जनाएको छ। सुनसरी र सिराहा जिल्लामा घटेका दुःखद घटनापछि विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम गर्न लागिएको हो।

कार्यालयले धार्मिक संघ–संस्था, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणलाई यात्रामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। कार्यक्रमले विभिन्न धर्म र संस्कृतिबीच आपसी समझदारी र भाइचारा सुदृढ गर्ने अपेक्षा गरिएको छ।

सद्भाव–यात्रा २०८३ श्रावण १६ गते शनिबार दिउँसो ४ बजे हेटौंडा–४ स्थित हुप्राचौरमा आयोजना गरिने जनाइएको छ। कार्यक्रमलाई शान्तिपूर्ण र सफल बनाउन सबै सरोकारवालालाई सहयोग गर्न पनि प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार