मुख्य समाचार
नेपाल शिक्षक महासंघद्वारा चलचित्र ‘मास्टर्नी’को गीतप्रति आपत्ति, तुरुन्त रोक्न माग | साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदै | हेटौँडा उपमहानगरपालिकामा केही दिनका लागि राजस्व संकलन सेवा बन्द हुने | चुरियामाई सुरुङकाे संरक्षण तथा व्यवस्थापनकाे जिम्मेवारी हस्तान्तरण | पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा सहुलियत | अर्जेन्टिना फाइनलमा, इङ्ग्ल्याण्ड पराजित | हेटौंडा बसपार्कबाट हराएको मोटरसाइकल फेला | हेटौँडालाई बृहत्तर हेटौँडा अवधारणअनुरुप विकास गरिने | असफलताहरूलाई सफलताको सिँढीका रूपमा परिणत गरौँ | आरोग्य साहित्यिक यात्राले भीमफेदीमा सिर्जना गर्‍यो नयाँ इतिहास |

गित संगीत १ श्रावण २०८३, शुक्रबार

नेपाल शिक्षक महासंघद्वारा चलचित्र ‘मास्टर्नी’को गीतप्रति आपत्ति, तुरुन्त रोक्न माग

Nigarani Online

 नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिले आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा ल्याउन लागिएको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचार सामग्री अन्तर्गत सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै उक्त गीतमा महिला शिक्षकप्रति लक्षित अपमानजनक शब्द र भाव प्रयोग गरिएको आरोप लगाएको हो।

विज्ञप्तिमा भनिएको छ कि उक्त गीतले शिक्षक तथा शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको ठहर गर्दै यसलाई तुरुन्त बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ। महासंघले यस्ता सामग्रीले समाजमा नकारात्मक सन्देश फैलाउने भन्दै यसको निरन्तर प्रसारणले असहज परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिएको छ।

महासंघले चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूलाई सामाजिक जिम्मेवारी बहन गर्न आग्रह गर्दै सम्भावित परिणामप्रति सचेत रहन समेत ध्यानाकर्षण गराएको छ।महासचिव तुला बहादुर थापा र अध्यक्ष लक्ष्मी किशोर सुवेदीद्वारा हस्ताक्षरित उक्त विज्ञप्ति साउन १ गते जारी गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार