असार २५, हेटाैंडा>
मकवानपुरको राक्सिराङ गाउँपालिकाका एक १४ वर्षीया बालिका र एक २१ वर्षीया युवतीलाई विवाह र रोजगारीको प्रलोभन देखाई बेचबिखनको उद्देश्यले लगिएको अवस्थामा माइती नेपाल कञ्चनपुरले उद्धार गरेको छ । दुवै पीडित राक्सिराङ गाउँपालिकाको एउटै वडाका फरक–फरक परिवारका हुन् । उनीहरूलाई असार १० गते चितवनको कालिका गाउँपालिका–११ का ३५ वर्षीय एक पुरुष र सोही स्थानका करिब २० वर्षीय अर्का पुरुषले फेसबुकमार्फत चिनजान गरी विवाह गराइदिने र कामसमेत लगाइदिने प्रलोभन देखाएर लगेका थिए ।माइती नेपाल कञ्चनपुरले उद्धारपछि दुवैलाई संरक्षणमा राखी राक्सिराङ गाउँपालिकाको उपाध्यक्ष बनस्तम थिङको जिम्मा लगाएको हो ।>>