हेटौँडा उपमहानगरपालिकाले केही दिनका लागि आफ्नो मातहतका कार्यालयहरूबाट प्रवाह हुने राजस्व संकलन सेवा बन्द गर्ने भएको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, राजस्व व्यवस्थापन शाखाले आज (असार ३१ गते) एक सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो।
कार्यालयका अनुसार आर्थिक वर्षको अन्त्यमा हिसाब मिलान (क्लोजिङ) गर्नुपर्ने र नयाँ आर्थिक वर्षको प्रारम्भमा आर्थिक ऐन २०८३/८४ बमोजिमको राजस्वको दररेट सफ्टवेयर प्रणालीमा अध्यावधिक (अपडेट) गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको हो।
कहिलेदेखि कहिलेसम्म बन्द रहन्छ?
• असार ३२ गते: दिउँसो १:०० बजेबाट सेवा बन्द हुनेछ।
• साउन १ गतेदेखि साउन ५ गतेसम्म: सम्पूर्ण राजस्व संकलन सम्बन्धी सेवा पूर्ण रूपमा बन्द रहनेछ।
उपमहानगरपालिका अन्तर्गतको राजस्व व्यवस्थापन शाखा तथा सम्पूर्ण वडा कार्यालयहरूबाट यो सेवा बन्द रहने सूचनामा उल्लेख छ। यस अवधिमा सेवाग्राहीहरूमा पर्न जाने असुविधाप्रति उपमहानगरपालिकाले क्षमासमेत मागेको छ।>>
हेटौँडा उपमहानगरपालिकामा
केही दिनका लागि राजस्व संकलन सेवा बन्द हुने
प्रतिक्रिया
ताजा समाचार
हेटौँडा उपमहानगरपालिकामा केही दिनका लागि राजस्व संकलन सेवा बन्द हुने
३२ असार २०८३, बिहीबार
चुरियामाई सुरुङकाे संरक्षण तथा व्यवस्थापनकाे जिम्मेवारी हस्तान्तरण
३२ असार २०८३, बिहीबार
पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा सहुलियत
३२ असार २०८३, बिहीबार
अर्जेन्टिना फाइनलमा, इङ्ग्ल्याण्ड पराजित
३१ असार २०८३, बुधवार
हेटौंडा बसपार्कबाट हराएको मोटरसाइकल फेला
३१ असार २०८३, बुधवार
हेटौँडालाई बृहत्तर हेटौँडा अवधारणअनुरुप विकास गरिने
३१ असार २०८३, बुधवार