मुख्य समाचार
चौघडाका ८१ किसानलाई अनुदानमा कृषि उपकरण वितरण | समावेशी सहभागिताबिना समृद्धि सम्भव छैन ; प्रदेश प्रमुख देवकोटा | ज्येष्ठ नागरिक मञ्च नगर अध्यक्षमा रामबहादुर नेपाली चयन | मकवानपुर उद्योग वाणिज्य संघद्वारा सामूहिक रोपाइँ गरी धान दिवस मनाइयो | कक्षा १२ को परीक्षामा नेपाली विषयमा ए प्लस ल्याउने विद्यार्थी र शिक्षक सम्मानित | गौ तस्करी नियन्त्रण र पशुचौपायाको मानवीय ढुवानीका लागि विश्व हिन्दू परिषद्को माग | तासिरमा अंग्रेजीभाषा शिक्षकका लागि गेमिफिकेशन र कक्षा व्यवस्थापन कार्यशाला | हेटौंडा औद्योगिक क्षेत्रभित्र विपद् व्यवस्थापनको नमूना अभ्यास सम्पन्न | मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना, ३८ जना घाइते | बिहीबार सुनको मूल्यमा भारी उछाल, तोलामा २० हजार ५ सय रुपैयाँले वृद्धि |

स्थानीय समाचार बागमती प्रदेश १९ असार २०८३, शुक्रबार

चौघडाका ८१ किसानलाई अनुदानमा कृषि उपकरण वितरण

Nigarani Online

असार १९, हेटाैंडा

चौघडामा किसानहरुलाई कृषि उपकरण  वितरण  गरिएको  छ ।  हेटौडा–६ चौघडामा रहेको नौलो बिहानी कृषि सहकारी संस्थाले संस्थामा आबद्व किसानहरुलाई कृषि उपकरण  वितरण  गरेको हो । हेटौडा  उपमहानगरपालिकाको ७० प्रतिशत अनुदान र किसानहरुको ३० प्रतिशत लगानीमा ८१ जना किसानहरुलाई  विभिन्न  प्रकारका उपकरण वितरण  गरिएको थियो ।

हेटौडा उपमहानगरपालिका  मेयर मिना लामाले  ६ नं वडा खेतीको लागि उर्वरा क्षेत्रको रुपमा रहेकोमा खुशी ब्यक्त गर्नु भयो।

किसानहरुको समस्या समाधानमा उपमहानगरपालिका  सदैव सहयोगी बन्ने बताउदै सहकारीले सदस्यहरुको सेवामा काम गर्नु पर्ने बताईन । 

कार्यक्रममा हेटौडा–६ का कावा अध्यक्ष  विजय पौडेल, वडा सदस्य सरिता सापकोटा , निवर्तमान  वडा  अध्यक्ष  अर्जुनप्रसाद  चौलागाई, सामुदायिक वन उपभोक्ता  महासंघ  मकवानपुर  अध्यक्ष साधुराम चौलागाई, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, हेटौडा उपमहानगरपालिका  कृषि शाखाकी अश्मी पौडेल, कृषि शाखा चौघडाकि  प्रमुख  बिन्दु पोखरेल लगायतको  सहभागिता थियो ।

संस्थाले हाते ट्याक्टर  ५ थान , मकै छोडाउने मेशिन २१ थान मकै रोप्ने मेशिन १० थान, ईलेक्टीक स्प्रे ४१ थान र टनेल ६ वटा किसानहरुलाई वितरण  गरेको  थियो ।

कार्यक्रम संस्था अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गानाको सभाध्यक्षतामा सम्पन्न  भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार