मुख्य समाचार
नेपाल शिक्षक महासंघद्वारा चलचित्र ‘मास्टर्नी’को गीतप्रति आपत्ति, तुरुन्त रोक्न माग | साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदै | हेटौँडा उपमहानगरपालिकामा केही दिनका लागि राजस्व संकलन सेवा बन्द हुने | चुरियामाई सुरुङकाे संरक्षण तथा व्यवस्थापनकाे जिम्मेवारी हस्तान्तरण | पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा सहुलियत | अर्जेन्टिना फाइनलमा, इङ्ग्ल्याण्ड पराजित | हेटौंडा बसपार्कबाट हराएको मोटरसाइकल फेला | हेटौँडालाई बृहत्तर हेटौँडा अवधारणअनुरुप विकास गरिने | असफलताहरूलाई सफलताको सिँढीका रूपमा परिणत गरौँ | आरोग्य साहित्यिक यात्राले भीमफेदीमा सिर्जना गर्‍यो नयाँ इतिहास |

राष्ट्रिय समाचार बागमती प्रदेश १ श्रावण २०८३, शुक्रबार

साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदै

Nigarani Online

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा रहेको प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।
परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नाम गरेको राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने प्रचलन नेपाली समाजमा रहेको छ ।
साउन महिनालाई भगवान् शिवको विशेष पूजा–आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ । महिलाले हरियो चुरा तथा हरियो कपडा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ । साउन महिना देवादिदेव भगवान् शिवको महिना भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार