मुख्य समाचार
बागमती प्रदेशसभाबाट विनियोजन र आर्थिक विधेयक बहुमतले पारित | नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित चेपाङ समुदाय | चौघडाका ८१ किसानलाई अनुदानमा कृषि उपकरण वितरण | समावेशी सहभागिताबिना समृद्धि सम्भव छैन ; प्रदेश प्रमुख देवकोटा | ज्येष्ठ नागरिक मञ्च नगर अध्यक्षमा रामबहादुर नेपाली चयन | मकवानपुर उद्योग वाणिज्य संघद्वारा सामूहिक रोपाइँ गरी धान दिवस मनाइयो | कक्षा १२ को परीक्षामा नेपाली विषयमा ए प्लस ल्याउने विद्यार्थी र शिक्षक सम्मानित | गौ तस्करी नियन्त्रण र पशुचौपायाको मानवीय ढुवानीका लागि विश्व हिन्दू परिषद्को माग | तासिरमा अंग्रेजीभाषा शिक्षकका लागि गेमिफिकेशन र कक्षा व्यवस्थापन कार्यशाला | हेटौंडा औद्योगिक क्षेत्रभित्र विपद् व्यवस्थापनको नमूना अभ्यास सम्पन्न |

राष्ट्रिय समाचार २० असार २०८३, शनिबार

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित चेपाङ समुदाय

Nigarani Online

असार २०, हेटाैंडा

मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा मात्रै करिब ३५ प्रतिशत चेपाङ समुदाय अझै नागरिकताविहीन छन्। नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार विशेषगरी ६० वर्षभन्दा माथिका धेरै चेपाङले नागरिकता नबनाएकाले सामाजिक सुरक्षा भत्तासमेत पाउन सकेका छैनन्।राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार चेपाङ समुदायका धेरैजसोले अतिआवश्यक नपरेसम्म नागरिकता बनाउन चासो दिँदैनन् । ’दुर्गम बस्तीमा पुगेर घुम्ती शिविर सञ्चालन गरियो भने धेरै नागरिकले नागरिकता पाउनेछन्,’ उनले भने।चेपाङ समुदाय नागरिकतामात्र होइन, लालपुर्जाविहीन समस्यासमेत भोगिरहेको छ। यो समुदायमा साक्षरता दर करिब ३० प्रतिशत मात्र रहेको छ। २०७८ सालको जनगणनाअनुसार नेपालमा ८४ हजार ३६४ चेपाङ छन्। तीमध्ये २३ हजार ६५० मकवानपुर र ३५ हजार ६३७ चितवनमा बसोबास गर्छन्। देशका २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको पाइएको छ।  

प्रतिक्रिया

सम्बन्धित समाचार