मुख्य समाचार
बागमती प्रदेशसभाबाट विनियोजन र आर्थिक विधेयक बहुमतले पारित | नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित चेपाङ समुदाय | चौघडाका ८१ किसानलाई अनुदानमा कृषि उपकरण वितरण | समावेशी सहभागिताबिना समृद्धि सम्भव छैन ; प्रदेश प्रमुख देवकोटा | ज्येष्ठ नागरिक मञ्च नगर अध्यक्षमा रामबहादुर नेपाली चयन | मकवानपुर उद्योग वाणिज्य संघद्वारा सामूहिक रोपाइँ गरी धान दिवस मनाइयो | कक्षा १२ को परीक्षामा नेपाली विषयमा ए प्लस ल्याउने विद्यार्थी र शिक्षक सम्मानित | गौ तस्करी नियन्त्रण र पशुचौपायाको मानवीय ढुवानीका लागि विश्व हिन्दू परिषद्को माग | तासिरमा अंग्रेजीभाषा शिक्षकका लागि गेमिफिकेशन र कक्षा व्यवस्थापन कार्यशाला | हेटौंडा औद्योगिक क्षेत्रभित्र विपद् व्यवस्थापनको नमूना अभ्यास सम्पन्न |

राष्ट्रिय समाचार बागमती प्रदेश २० असार २०८३, शनिबार

बागमती प्रदेशसभाबाट विनियोजन र आर्थिक विधेयक बहुमतले पारित

Nigarani Online

असार २०, हेटाैंडा

बागमती प्रदेशसभाले प्रदेश विनियोजन विधेयक २०८३ र प्रदेश आर्थिक विधेयक २०८३ लाई बहुमतले पारित गरेको छ ।

शनिबार बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।प्रदेशसभाका सदस्यहरू ईश्वर सापकोटा, श्रृजना सैजु र रत्नप्रसाद ढकालले सरकारको आर्थिक वर्ष २०८३÷८४ को वार्षिक बजेटमा ल्याइएको रकमको खर्च कटौति गरियोस् भनी ल्याइएको प्रस्तावलाई सो बैठकको बहुमतले अस्वीकृत ग¥यो ।साथै बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री तामाङले प्रदेश आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

प्रदेश आर्थिक विधेयक २०८३ को सैद्धान्तिक पक्षमा मात्र छलफल गरिएको थियो ।विधेयकमाथि श्रृजना सैजु, रत्नप्रसाद ढकाल र नुरज बज्राचार्यले छलफलमा सहभागी हुँदै सरकारले यातायात क्षेत्रका उपभोक्ताहरूलाई लाइन्सेस नवीकरणलगायत अन्य सेवा लिन बढी करको भार थपिने भएकाले सो प्रक्रियालाई संशोधन हुनुपर्ने सुझाव दिए । मन्त्री तामाङले छलफलमा उठेको प्रश्नहरूको जवाफ दिँदै राज्य सञ्चालन गर्न कानुनसम्मत करको दायरा हेरफेर गर्न र केही रकम बढाउन सकिने भएकाले सर्वसाधराण नागरिकलाई सेवा विस्तारमा थप सुविधा उपलब्ध गराइने बताए ।मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलगायत विभिन्न मन्त्रीले विभिन्न मन्त्रालयका विषयमा छलफल उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार